राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला

ओमप्रकाश गुप्ता
भालुवाङ, २७ असोज ।
दाङको देउखुरी स्थित राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला परेको छ ।

मंगलबार बेलुका ४ बजेको समयमा गढवा गाउँपालिका वडा नम्वर २ महादेवा स्थित राप्ती नदीको पुल नजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको अन्दाजी १५/१६ वर्षकी बालिकालाई राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।


फेला परेको शवलाई घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक रञ्जु केसीले जानकारी दिएकी छिन् ।