दलित परिवारलाई सरफ बनाउने तालिम

तुलसीपुर,१३ वैशाख । दाङको घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुरमा दलित समुदायलाई सरफ बनाउने तालिम सुरु भएको छ ।

बुधबारदेखि तालिम सुरु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरको आर्थिक सहयोग तथा दलित कल्याण संघ दाङको आयोजनामा दलित परिवारलाई सशक्तीकरण गर्नका लागि ३ दिने सरफ बनाउने तालिम सुरु भएको हो ।

वडाका कार्यबहाक अध्यक्ष केसरी बिस्वकर्माले दलित समुदायलाई ब्यबसायमा जोड्न यो तालीम प्रदान गर्न लागिएको बताईन् । तालिमको प्रशिक्षकमा बेदप्रसाद भुसाल रहका थिए ।


संस्थाका जिल्ला सचिब सन्तोस चनाराको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकण छबि परियारले गरेका थिए ।