घोराही–तुलसीपुर चारलेनको ५ लाख ३२ हजार अमेरिकी डलर जफत भएन

तुलसीपुर
८ भदौ / लमही–घोराही–तुलसीपुर सडकखण्डमा पनि वेथिति देखिएको छ ।

निर्माण गर्न व्यबसायीसंग खरिद सम्झौतामा ५० प्रतिशत अबधीमा ३० प्रतिशत भौतिक प्रगति नभएमा बैंक जमानत मार्फत ५० प्रतिशत पेस्की जफत गर्ने व्यबस्था छ ।

२०७७ बैशाख मसान्तमा ५० प्रतिशत अबधी पूरा भएपनि ३० प्रतिशत भौतिक प्रगति नपुगेकाले सम्झौता अनुसार पेस्की बाँकी १० लाख ६३ हजारको ५० प्रतिशत हुने अमेरिकी डलर ५ लाख ३२ हजार जफत गर्नुपर्ने हो ।


तर, त्यो जफत गरेको देखिएन । महालेखा परीक्षणको कार्यालयको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'