कपिल लामिछाने
तुलसीपुर, २६ असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ र १८ का युवाहरुले आज यस वडामा बिभिन्न रोग लागी उपचार गराईरहनु भएका अति बिपन्न बिरामीहरुको घर–घरमा गई आर्थिक सहयोग हस्तान्तर गरेका छन् ।
युवा अभियन्ताहरु तुलसीपुर नगरकार्यपालिकका सदस्य बिकास नेपाली, नेकपा एमालेका जिल्ला सदस्य सन्तोष डाँगी, युवा अभियन्ता कपिल लामिछाने, मुकेश नेपाली,कृष्ण परियार,नारायण वली, लगाएतका युवाहरुले घर–घरमा गई क्यान्सर पिडित ललित वली बचाउँ अभियान अन्तर्गत उठेको रकम बिरामीका परिवार र स्ययम् बिरामीलाई हस्तान्तर गरेका हुन् ।
क्यान्सर रोग लागी तुलसीपुर–१७ निवासी २२ बर्षका ललित वलीको निधन भएपछि उनको उपचारमा जुटाईएको रकम बिभिन्न रोग लागी उपचार गर्न नसक्ने परिवारका लागी ललित वलीका बुवा हर्क बहादुर वलीले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
छोराको मृत्युपछि छोराको स्वार्गमा बास होस् र मैले पनि छोराको लागी उठेको रकम छोराजस्तै बिरामी भई उपचार गराईरहनु भएका बिरामीहरुलाई दिन पाउदा पुण्य हुने भन्दै उक्त सहयोय रकम हस्तान्तरण गर्ने योजना गराएको र आज ति बिरामीहरुको घर–घरमा गई सहयोग गर्न पाउदा निकै खुसी लागेको बताउनुभयो ।
उक्त अभियानबाट उठेको रकम आज तुलसीपुर–१८ गैरा बिजौरीका क्यान्सर रोगबाट पिडित भिम बहादुर पुन, अक्कासी निवासी क्यान्सर पिडित धन बहादुर रोका, तुलसीपुर–१७ झिङ्गैका प्यारालाइसिसका बिरामी राम प्रसाद नेपाली र झिङ्गैका आन्द्रा प्वाल परी उपचार गराइरहनु भएका बिरामी चन्द्र प्रकाश भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम हस्तान्तरण पछि अभियन्ताहरु कृष्ण नेपाली र नारायण वलीले यस्ता खालका अभियानले बिरामीको मनोबल बढाउने र उनिहरुको घाउँमा केही भएपनि मलमपट्टी लाग्ने भएको हुँदा यो खालको अभियान सञ्चालन भईरहने र यस्ता जघन्य रोग लागी समस्यामा परेका ब्यक्तिहरुको विवरण संकलन गरि सहयोग गर्दै हिड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । साथै उनिहरुले अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगदाताहरुलाई धन्यावाद समेत ब्यक्त गरेका थिए ।
लाइभदाङ । २६ आश्विन २०७९, बुधबार १६:४६ बजे