दाङमा संघमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

दाङ, २२ असोज ।
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

जस अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. १ को संघियमा शान्ता चौधरीले टिकट पाउनु भएको छ । प्रदेश १ सभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद केसीले टिकट पाउनु भएको छ ।

दाङ–२ मा संघमा शंकर पोखरेलले प्रदेशसभा तर्फ (क) बलिभद्र राना र (ख) मा गिरिराज केसीले टिकट पाउनु भएको छ ।
दाङ निर्वाचन क्षेत्र नं.३ को संघमा कोमल वली, प्रदेश तर्फ (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेतले उम्मेदवारका लागि टिकट पाउनु भएको छ । प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्रीले टिकट पाउनु भएको छ, भने प्रदेशसभा तर्फ (क) तुलसीराम शर्मा र (ख) मा हरिप्रसाद रिजाललाई टिकट दिइएको छ । त्यस्तै रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाउनु भएको छ, भने प्रदेशसभा तर्फ (क) मा कमल बुढाथोकी र (ख) मा प्रेमबहादुर घर्तिमगरलाई टिकट दिइएको छ ।

त्यसैगरी रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । प्रदेशसभा तर्फ (क) तालमेलका लागि छुट्याइएको छ । (ख) बाट दधिराम न्यौपानेले टिकट पाउनु भएको छ ।
रुपन्देही–२ बाट संघमा विष्णुप्रसाद पौडेल, प्रदेशसभा तर्फ (क) लिला गिरी र (ख) भोजप्रसाद श्रेष्ठले टिकट पाउनु भएको छ ।
रुपन्देही –३ मा राप्रपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा तालमेलका लागि छुट्याइएको छ, भने (ख) मा तुलसीप्रसाद चौधरीले टिकट दिइएको छ ।

रुपन्देही–४ मा तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा हजरत अलि र (ख) तालमेलका लागि छुट्याइएको छ ।

रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) भुमेश्वर ढकाल र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–१ मा बलराम अधिकारीलाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) बिष्णु पन्थी र (ख) तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–२ मा बृजेशकुमार गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाउनु भएको छ ।

कपिलवस्तु–३ मा गंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ (क) अर्जुनकुमार रेग्मी र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।

बाँके–१ मा सूर्यप्रसाद ढकाल, प्रदेश तर्फ (क) तालमेलका लागि छुट्याइएको छ, भने (ख) दुर्गाप्रसाद चौधरीलाई टिक दिइएको छ ।

बाँके–२ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा विजय यादव र (ख) मा निरजबहादुर गुरुङले टिकट पाउनु भएको छ ।


त्यसैगरी बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाउनु भएको छ । प्रदेशतर्फ (क) रत्नबहादुर खत्री र (ख) भीमबहादुर वलीले टिकट पाउनु भएको छ ।

बर्दिया–१ मा लक्ष्मणराज ज्ञवालीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा शालिकराम अधिकारी र (ख) भक्तबहादुर विकले टिकट पाउनु भएको छ ।

बर्दिया–२ मा संघमा पंकजसिंह रौठोर, प्रदेशसभा तर्फ (क) लहनु चौधरी र (ख) मा कृष्णी थारुले टिकट पाउनु भएको छ ।
गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली, प्रदेशसभा तर्फ (क) चिन्तामणि पाण्डे र (ख) मा ठर्सूराम पाण्डेलाई टिकट दिइएको छ ।

गुल्मी–२ मा गोकर्णराज बिष्ट, प्रदेशसभा तर्फ (क) मा डिल्लीराज भुसाल र (ख) मा दिनेश पन्थीले टिकट पाउनु भएको छ।

पाल्पा–१ मा नारायणप्रसाद आचार्य, प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारुलाई टिकट दिइएको छ ।

पाल्पा–२ मा ठाकुर गैरै, प्रदेशसभा तर्फ (क) पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बन्ने हुनुभएको छ ।

पश्चि परासी–१ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्मालाई टिकट दिइएको छ ।

पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारी, प्रदेशसभा तर्फ (क) मणिप्रसाद गैरे र (ख) तालमेलका लागि छुट्याइएको छ । र अर्घाखाचीबाट टोपबहादुर रायमाझी, प्रदेशसभा तर्फ (क) चेतनारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरेले टिकट पाउनु भएको छ ।