दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

घोराही,२०असोज ।
मंसिर ४ गते हुन थालेको निर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

एक कार्यक्रमकाबिच दाङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बोर्ड टागेर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन । मुख्य निर्वाचन अधिकृतको कार्यालयसंगै जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् ।


जस अनुसार निर्वाचन क्षेत्र नम्बर १ को लमही, क्षेत्र नम्बर २ को घोराही र क्षेत्र नम्बर ३ को तुलसीपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।