मस्यौदा प्रतिबेदनमा छलफल कार्यक्रम

निराश पान्डे
शान्तिनगर, २७ जेठ ।

शान्तिनगर गाउँपालिकाको आयोजना तथा प्रदेश प्रशिक्षण बांकेको प्राबिधिक सहयोगमा एक दिने शान्तिनगर गाउँपालिकाको क्षमता विकास योजनाको मस्यौदा प्रतिबेदनमा छलफल कार्यक्रम आज चिराघाटमा सम्पन्न भएको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर के.सी र प्रशासन अधिकृत कृष्ण कंडेलले आफ्नो धारणा राख्नु भएको थियो ।


कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले कुनै पनि कार्यक्रमको नतिजा आउने गरि क्षमता विकास कार्यक्रममा लगानी गरिने बताउनु भएको छ। कार्यक्रममा कार्यपालिकाका सदस्य र शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण मुनेस उपाध्यायले गरेका थिए।