दाङमा अटो पल्टिदा ३ जना घाइते

तुलसीपुर, १६ असोज ।
दाङमा अटो पल्टिदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर १२ निबासी २० बर्षका दिपक चौधरी, सोही ठाउँ निबासी २३ बर्षका सुलभ चौधरी र १६ बर्षका सन्तोष चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुर्घटना दिउँसो साढे १२ बजे भएको थियो ।