
तुलसीपुर, ७ कात्तिक । दाङको तुलसीपुरबाट पश्चिम जादै गरेको अटोबाट खसेर एक महिला गम्भिर घाइते भएकी छन् ।
घाइते हुनेमा दंगीशरण गाउँपालिका–५ निवासी अन्दाजी ५१ बर्षीया सिता कुमारी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको लु.प्र. ०२ ००१ ह १२९२ नम्बरको अटोमा सवार चौधरी तुलसीपुर र दंगीशरणको सिमानामा पर्ने बालापुर नजिकै संघारी चोकमा आज बिहान अन्दाजी १० बजेको समयमा अटोबाट एक्कासी खसेकि हुन् ।
घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज लगिएको छ ।
चौधरी अटोको अगाडी चालकको सिटमा बसेका कारण घुम्तीमा अटोबाट खसेकि हुन् । अटोसहित चालक शान्तिनगर–७ का ३४ बर्षीय दिपक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लाइभदाङ । ८ कार्तिक २०८२, शुक्रबार १३:४० बजे