सल्यानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु १७ जना घाईते

तुलसीपुर, १५ असोज /
सल्यानमा आज बिहान जिप दुर्घटना हुदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ, भने अन्य १७ जना घाईते भएका छन । मृत्यु हुनेमा कुमाख गाँउपालिका ७ डुमकोट निबासी ३९ वर्षीय मान बहादुर पुन र सोही ठाँउ निबासी १४ वर्षीय एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सन्तोस खनालले जानकारी दिनुभएको छ ।

यस्तै घाईते हुनेमा चालक सल्यान कुमाख गा.पा.३ चिनाली निबासी २३ बर्षिय अर्जुन मगर, सोहि गाउँपालिका ७ तातकोट निबासी १५ बर्षिय तिलक गोसाई, २ बर्षिय सन्देश पुन, ४९ बर्षिय गंग बहादुर पुन, ३३ बर्षिय अनिता पुन, उँहाका छोरा ६ बर्षिय जिबन पुन, २० बर्षिय झुपा पुन, २६ बर्षिय शुसिला पुन ४१ बर्षिय दन्नी ओली, १९ बर्षिय रुपा रावत, २० बर्षिय लोकेन्द्र ओली, ६ बर्षिय हेमराज पुन, १३ बर्षिय प्रतिभा पुन, १५ बर्षिय भरत बुढा मगर ३६ बर्षिय भुमि पुन, २४ बर्षिय सुनिता बोहरा पुन मगर उहाँकी ६ महिने छोरी रहनुभएको छ ।


खैराबाङ मन्दिर दर्शन गर्नको लागी जादै गरेको रा १ ज ७९८ नम्बरको जिप कुमाख गाउँपालिका ७ जिमाली स्थित भित्री कच्ची सडकखण्डमा उकालोमा ब्याक गर्ने क्रममा पौने सात बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ । घाइते सबैजनाको सल्यान अस्पतालमा उपचार भईरहेको छ ।