‘संस्कार र शिक्षामा डिभाईन अगाडी छ’

तुलसीपुर
७ भदौ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाईन टेम्पल एकेडेमीले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण प्रदान गरेको छ ।

सोमबार एक कार्यmत्रम गरि अभिमुखिकरण गरेको हो । एकेडेमीका सस्थापक प्रिन्सीपल भोजराज न्यौपानेको अध्यक्षता तथा नेसनल प्याब्सन दाङका कोषाध्यक्ष हरि प्रसाद भण्डारीले अनुशासन, सस्कार एवं शिक्षाको क्षेत्रमा डिभाईन टेम्पल एकेडेमीले उत्कृष्ट कार्य गरेको भनेर प्रसंसा गरेका थिए ।

त्यस्तै अतिथि लोकेन्द्र बहादुर खड्काले २१ औ सताब्दिका विद्यार्थीहरु ब्यबस्थापन बिषयबाटै अगाडि बढन सक्ने भएकोले सूचना प्रबिधिको अधिकतम प्रयोग गरि आफ्नो कार्यक्षेत्र रोज्न र सोही अनुसार अध्ययन गर्न विद्यार्थीलाई अनुरोध गरेका थिए ।


कार्यक्रममा ब्यबस्थापन बिषय कसरी पढने र किन पढने भन्ने बिषयमा चार्टर एकाउन्टेन्ट भुवनेश्वर अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ११ का छात्रा सुप्रीया गौतम र कक्षा १२ का छात्रा करुणा शर्माले आफुले डिभाईन किन रोजेको भनेर प्रष्ट पारेका थिए।

कार्यक्रममा एकेडमीका ईसीए सम्योजक आकाश सिंह, शिक्षकहरु नवराज डाँगी, माधवा शर्मा, लोकेन्द्र बहादुर खड्कालगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यार्थीहरुले नृत्य, कविता र मुक्तक बाचन गरेर अतिथिलाई स्वागत रेका थिए।

एकेडमीका मावि सम्योजक दीपेन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण भाइस प्रिन्सिपल कुलानन्द अधिकारीले गरेका थिए ।