कुकुरलाई बर्षमा एक पटक रेविज खोप लगाउन आग्रह

प्रमोद आचार्य 
दंगीशरण, १२ असोज /
‘एक स्वास्थ्यको अबलम्बन रेबिज रोगबाट सुन्य निधन भन्ने’ मुल नारा सहित दंगीशरण गाउँपालिका पशु शाखाले रेबिज रोग विरुद्धको खोप अभियान गरी दिवस मनाएको छ ।

१६ औं बिश्व रेबिज दिवसको अवसर पारी दंगीशरण गाउँपालिका भित्र घरधनिहरुले पाल्नु भएका कुकुरहरुलाई खोप लगाइ बिश्व रेबिज दिवस मनाएको पशु शाखा दंगीशरणका प्रमुख हितराम चौधरीले बताउनुभयो । २००७ मात्रामा अमेरीकाबाट शुरु भएको दिवसको १६ औ दिवससम्म आइपुग्दा रेबिजरोगबाट बच्न र यसको रोकथाममा समेत दिवसले सहयोग पु¥याएको बताउदै रेबिज रोगबारे आम जनतालाई सचेत बनाउनु पर्ने शाखा प्रमुख चौधरीले बताउनुभयो ।


कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा खड्का वलिले रेबिज रोग एउटा भाइरसका कारण लाग्ने र यसको उपचार नभएकाले पनि बर्षमा एक पटक रेबिज विरुद्धको खोप लगाउन सबैलाई आग्र गर्नुभयो । दंगीशरण गाउँपालिकाका ७ वटै वडामा पालिएका करिब ५० जती कुकुरहरूलाई खोप लगाइएको पशु साखाले जनाएको छ ।

पशु साखा दंगीशरणका प्रमुख हितराम चौधरीको शभापतित्व, गाउँपालिकाकि उपाध्यक्ष पिमा खड्काको प्रमुख आथित्यता,तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलिको बिशिष्ट आथित्यतामा खोप अभियान सम्पन्न भएको हो ।