विद्यार्थीहरुले गरे पुरन्धारा झरना सरसफाई

तुलसीपुर, १५ असार । दाङको बबई ५ स्थित पर्यटकीय स्थल पुरन्धारा झरना सरसफाई गरिएको छ ।

बबई ४ स्थित ग्रेट आईटल स्कुलका विद्यार्थीहरुले झरना सरसफाई गरेका हुन् । झरना वरपर फोहर हुँदा पर्यटकहरु समेत घिनाउने अबस्था रहेकाले सरसफाई गरिएको हो । शुक्रबार कक्षा ८,९ र १० का विद्यार्थीहरुले सरसफाई गरेका हुन् ।


विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएको विद्यालयका सञ्चालक दीपक शाहले बताए ।

उनका अनुसार पर्यटकीय स्थल सफा हुनुपर्ने भन्दै सोही अनुसार सफा गरिएको हो ।