जापानको कलेज प्रमुखद्वारा तुलसीपुरमा प्रशिक्षण

तुलसीपुर,९ असोज ।
जापान अध्यन गर्न जान चाहने विद्यार्थीहरुकालागि तुलसीपुर स्थित माईल्स ईन्टरनेसनल कन्सलटेन्सी दाङले सेमिनार गरेको छ । जुन दाङमै पहिलो सेमिनार हो । उक्त सेमिनारलाई जापानको टोकियोको तोवा ईन्टरनेसनल स्कुलका प्रमुख कान्जुहो यसोदा आउले सम्बोधन गरेका थिए । त्यस्तै माईल्स ईन्टरनेसनल कन्सलटेन्सीका कार्यकारी प्रमुख रबिन पराजुली, कन्सलटेन्सीका सिनियर जापानिज काउन्सिलर हरि थपलिया आएका थिए ।

सिमिनारमा जापानको विभिन्न कलेजका बारेमा जानकारी दिनुकासाथै त्यहाँ अध्ययन गर्दाका फाईदा,जागिरका अबसर, त्यहाँको रहनसहनका बारेमा जानकारी गराईएको थियो । सिमेनारमा बिभिन राउन्डमा कुइज पनि भएको थियो। सेमिनारमा १५२ भन्दा बढीको सहभागिता रहेको थियो । १५२ जनामध्ये ‘लक्कि ड्र’ मार्फत एक जनालाई एक लाख पचास हजारको जापान जाने टिकेट प्रदान गरिएको थियो ।


कार्यक्रम अबधि भर जापानीज भाषामा बोलेका कुराहरुको अनुबादन माइल्स ईन्टरनेसनल कन्सलटेन्सिका जापानीज भाषा प्रशिक्षक समीप भुसालले गरेका थिए भने सहजीकरण कन्सलटेन्सीका डाईरेकटर सन्दिप भुषालले गरेका थिए । कन्सलटेन्सीका डाईरेक्टर आकाश सिंहले कार्यक्रमको अध्यक्षता गरेका थिए ।