लुम्बिनीका मुख्यमन्त्रीले पाएनन्, विश्वासको मत

दीपक बोहरा
दाङ, ११ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छैनन् । गिरीले सोमबार विहान ११ बजे विश्वासको मत मागेका थिए । तर, उनले ३३ मत मात्रै पाएका थिए । ८७ सदस्यीय रहेको प्रदेशसभामा विश्वासको मत पाउनकालागि ४४ सांसद चाहिन्छ ।

त्यस्तै विपक्षमा ५३ मत परेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले वपिक्षमा मत दएिका छन् ।


माओवादी केन्द्रदलागतका दलले सरकारको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिएका हुन् । यस अघि नै काँग्रेस, माओवादीसहितका ८ राजनीतिक दलका ५३ सांसदले मुख्यमन्त्रीकालागि काँग्रेसका संसदीय दलका नेता डिल्ली चौधरीलाई समर्थन गर्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।
गिरीले पनि विश्वासको मत नपाएपछि उनको पद गएको छ । उनले ठूलो दलको हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेका छन् ।