दाङका सीडीओको सरुवा

दाङ,५ जेठ ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको सरुवा भएको छ । उनको रुपन्देहीमा सरुवा भएको हो । उनको ठाउँमा भैरहवा विमानस्थलमा कार्यरत निश्चलराज पाण्डे आउन लागेका हुन् । गृह मन्त्रालयले मंगलबार उनको सरुवा गरेको हो ।