स्वास्थ्य मन्त्रालयले दिन थाल्यो भालुवाङबाटै सेवा

तुलसीपुर
२९ मंसिर / लुम्बिनी प्रदेशको स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले स्थायी राजधानी भालुवाङबाट सेवा सुरु गरेको छ । बुधवारदेखि सिसहनियाबाट सेवा सुरु गरिएको हो ।

सेवाको मन्त्री ईन्द्रजित थारुले उद्घाटन गर्नुभएको हो । सोही अवसरमा उहाँले अब केही समयमा सबै मन्त्रालय दाङ ल्याउने बताउनुभयो । उहाँले संघीय र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको समेत जानकारी दिनुभयो ।

साथै उहाँले स्वास्थ्य सेवामा मध्यकालिन तथा दिर्घकालीन रणनीतिकासाथ काम भइरहेको बताउनुभयो । कोभिडको तेस्रो भेरीयन्टबाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले सघीय सरकारसंग खोपको ब्यवस्थाको लागि पहल गरिरहेको समेत उहाँले बताउनुभयो ।


त्यस अवसरमा स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले स्थायी राजधानीबाटै सेवा सुरु भएसंगै प्रदेशका सबै नागरिकले सहज ढंगले सेवा पाउने बताउनुभयो ।

मन्त्रालयका सचिब डा. विकास देवकोटाले स्वासथ्य मन्त्रालय सेवामुलक मन्त्रालय भएकाले सेवा दिने काममा कमी नहुँने बताउनुभयो । साथै उहाँले निर्देशनालय, आपुर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रवन्ध गर्दै मन्त्रालयलाई पुर्ण रुपमा सेवा दिन तयार बनाईने बताउनुभयो ।

कार्यक्रमका राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफूहरुले स्थायी राजधानीमा संरचना ल्याउनकालागि जोखिम मोलेर भएपनि सहयोग गरेको बताउनुभयो ।