दाङ, ४ असोज ।
दाङमा पानीमा डुबेर बालकको मृत्यु भएको छ । लमही नगरपालिका -६ निवासी हरिप्रसाद भण्डारीका ६ बर्षिय छोरा रोहित भण्डारीको नुहाउने क्रममा कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
विद्यालय छुट्टि भएपछी स्थानीय देउपुर कुलोमा नुहाउन पुगेका थिए । तर, उनी कुलोमा डुबेर वेपत्ता भएका थिए ।
खोजतलास गर्ने क्रममा भेटिएका बालकलाई उपचारको लागि तुलसी बाल अस्पताल लमहीम लगिएको थियो । तर, स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन ।
लाइभदाङ । ४ आश्विन २०७९, मंगलवार १८:०८ बजे