छिटो भन्दा छिटो प्रदेश राजधानी निर्माणको कार्यलाई अगाडि बढाउन मुख्यमन्त्री केसीको निर्देशन

मानसिंह विश्वकर्मा
भालुबाङ, ४ असोज ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको गौरवको आयोजना राजधानी निर्माणका लागि सरोकारवालाले छिटोभन्दा छिटो सहयोग गरी तुरुन्त कार्य प्रगतिमा पूर्णता दिनका लागि राजधानी व्यवस्थापन सहयोग समिति र प्रदेश प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश पर्वाधार विकास प्राधिकरण आयोजनाका कार्यक्रम राप्ती उपत्यका (देउखुरी) दाङले आयोजना गरेको नदी सभ्यतामा आधारीत व्यवस्थिति सहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बताउनुभएको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माण गर्ने विषय हचुवाको तालमा नभई समेदनशील विषयका रुपमा लुम्बिनी प्रदेश सरकार लागेको उल्लेख गर्दै भन्नुभयोस्–“हामीले नेपालका ७ वटा प्रदेशहरुमा नयाँ शहरमा राजधानी बनाउने बनाउँदैछौँ, गर्दा तपाईहरु १४ वटाका वडा अध्यक्षहरुले पहल लिनका लागि निर्देशन छ, यसलाई तपाईहरुको टिमले नै भूमिका निर्वाह गर्नुभयो । ”

लुम्बिीनी प्रदेशका मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि कार्यतालिका आम वडामा समिति गठन गरी तुरुन्त काम गर्र्ने बताउँदै केसीले जग्गा एकीकरण कुनै पार्टीको मात्रै नभई साझा विषय भएकाले कार्यमा लाग्नका लागि अनुरोध गर्नयभो ।


लुम्बिनी प्रदेश सरकारका पहिलो गौरवको अयोजनालाई पूर्णता दिनका लागि सरकार लागि रहेको बताउँदै अब त्यसलाई अगाडि तिव्रगतिमा समितिबाट अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा जग्गा एकीकरणका लागि कार्यक्रममा एकीकरण कार्यदलका संयोजक श्यामेर चौधरीलाई पनि सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा जग्गा एकीकरण विज्ञ एवं शहरी मन्त्रालयका पूर्व डिजि सुर्यभक्त सांघाछी र जग्गा एकीकरण कार्यदलका सदस्य पदम बैद्धिकले समेत प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश पूर्वाधार प्राधिकरणका सिइओ छवि पोख्रेलेले राजधानी निर्माणको कार्यलाई कार्यतालिका बनाएर नै अगाडि बढाईने बताउनुभयो । राजधानी निर्माणका १४ वटा वडाका अध्यक्ष र सरोकारवाला निकायको सहभागीता भएको थियो ।