कोरोना संक्रमितको संख्या ६३ जनामा झ¥यो

काठमाडौं, १ असोज 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६३ जनामा झरेको छ ।

एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ, भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको छ ।