दिपतीशिखा चौधरी,
दंगीशरण, १० चैत्र
बालबिबाह तथा लैंगीक हिंसा अन्त्यका लागि सरोकारवालाहरुले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बालबिबाह र लैंगीक हिंसाका कैयौँ कार्यक्रम संचालन भएपनि कार्यान्वयन नहुँदा सोचे अनुरुप न्युनीकरण नभएको सहभागिहरुको तर्क थियो । बालबिबाह तथा लैंगीक हिंसा अन्त्य अभियान पालिका स्तरीय महिला तथा बालीका सुरक्षा संयन्त्र अन्र्तक्रिया तथा समन्वय बैठकमा सहभागिहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले पितृसततात्मक सोच, महिलामाथीको असमान ब्यवहारका कारण लैंगीक हिंसामा कमी आउँन नसकेको बताएका थिए । यस्तै सचेतनाको कम,ि पारीवारीक अवस्था, देखासीकि र कानुन कार्यान्वयनमा पितलो भएकाले बालबिबाहले उग्र रुप लिएको बताएका थिए ।
कार्यक्रममा बालबिबाह रोक्न के गर्नुपर्छ ?, लैंगीक हिंसा भनेको के हो ? महिला हिंसा अन्त्यका लागि समाजका अगुवाहरुको भूमिका के ? दंगीशरणमा बालबालिकाको अवस्था केछ ?बालबिबाह न्यून नहुनुका कारण, लैंगीक हिंसा न्यूनिकरण कसरी गर्ने भन्ने बिषयमा छलफल गरिएको थियो ।
छलफलका क्रममा गाउँपालिका कार्यक्रम अधिकृत किरण पोख्रेलले दंगीशरणमा बालबिबाह अन्त्यको अवस्था सन्तोषजनक नरहेको, यसको अवस्थाका बारेमा अध्ययन नभएको बताउँदै यसको नयूनिकरणका लागि सहभागितामूलक योजना निर्माण, सचेतनामूलक कार्यक्रम संचालन देखि लीएर मान्छेको अवधारणामा परिवर्तन गर्नुपर्ने र लक्षीत समूहमा कार्यक्रम संचालन र समिक्षा गर्नुपर्ने आवश्यक रहेको बताउँनुभयो ।
कर्यक्रममा महिला बालबालीका शाखाकि चन्द्रा वलीले दंगीशरण गाउँपालिकामा लैंगीक समानता तथा सामाजिक समावेशिकरण रणनिती, बाल बिबाह उनमुलन सम्बन्धि दश वर्षे रणनिति र लैंगीक हिंसा निवाण कोष निर्माण भएको जानकारी दिनुभयो । साथै गाउँपालिकाले गत वर्ष सामुदायीक विधालयमा बालबिबाह न्यूनिकरण सम्बन्धि अभिमुखीकरण गोष्ठि गरेको भएपनि अभिभावक र बिधालय स्वयम सोहि कार्यक्रमलाई कार्यक्रमका रुपमा मात्र लिने गरेकाले सार्थक्ता नपाएको गुनासो गर्नुभयो । यस्तै गाउँपालिकामा शाखामा वजेट र कर्मचारीको अभावका कारण बालबिबाह गरेको तथ्यांक संकलनमा समस्या भएको बताउँनुभयो ।
कर्यक्रममा कार्यक्रम संयोजक उमेश खरेलले बालबिबाह र लैंगीक हिंसा अन्त्य , न्युनीकरण र रणनीतीका विषयमा जानकारी गराउँनुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वली खड्काको अधयक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शहजीकरण सिडका सिता चौधरीले गर्नुभएको थियो ।
सिडका कार्यकारी निर्देशक भागिराम चौधरीले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो । सिड सस्ंथाको आयोजना, आईएमको सहयोग तथा दंगीशरण गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षा शाखा, बिधालय ब्यवस्थापन, आमा समूह, युवा समुह, मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।
लाइभदाङ । १० चैत्र २०७८, बिहीबार २०:३३ बजे