तुलसीपुरका फर्निचर तथा फर्निसिङ व्यवसायिहरु संगठित हुदै

तुलसीपुर, २५ भदौ । 
तुलसिपुरमा रहेका फर्निचर तथा फर्निसिङ व्यवसायिहरुको भेला  शनिवार (आज)  सम्पन्न भएको छ ।
शनिवार (आज) बसेको भेलाले तिलक वहादुर खडकाको अध्यक्षतामा तुलसीपुर फर्निचर तथा फर्निसिङ व्यवसायि समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रिसिराज भण्डारी ,सचिवमा विमल गौतम र कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ सर्व सम्वत चयन भएका छन् । त्यसैगरि समितिको सदस्यहरुमा मेगेन्द्र रिजाल , तारा वलि, डिल्लि वहादुर खडका , सुमन वस्याल र निराजन श्रेष्ठ चयन भएका छन् ।


सो भेलाले प्रत्येक महिनाको अन्तिम शनिवार बैठक बस्ने तथा मासिक ५ हजार बचत गर्ने समेत निर्णय गरेको छ । त्यसैगरि व्यापार व्यवसाय संचालन गर्ने क्रममा अस्वस्थ प्रतिस्पर्धा नगरि सहमति र सहकार्यका साथ अगाडि वढने निर्णय समेत गरेको छ ।