नेपालमै पहिलो पटक सिकलसेल अनुसन्धान केन्द्र निर्माण सुरु

तुलसीपुर
२३ भदौ / नेपालकै पहिलो पटक बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ।

उक्त अनुसन्धान केन्द्रको सहरी विकासमन्त्री मेटमणी चौधरीले आज शिलान्यास गरेका छन् । उनले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापन आवश्यक रहेको बताए। पश्चिम तराई दाङ, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लालाका थारु समुदायमा सिकलसेलका बिरामी रहेका छन्।

उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै थारु अगुवाहरुको पहलमा छुट्टै अस्पताल निमार्ण गर्न थालिएको अस्पतालका अध्यक्ष जीवराज चौधरीले बताए ।

सो रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जण्डिस, रक्तअल्पता र निमोनियाको समस्या देखिने चिकित्सहरु बताउँछन। सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, यूरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन्। बाँकेको कोहलपुर, राप्ती सोनारी र बैजनाथमा थारु समुदायको बाहुल्य बढी रहेकाले त्यहाँ यसका बिरामी बढी देखिएका छन्। सो रोग पत्ता लगाउन स्क्रिनिङ गराउन आवश्यक हुन्छ।

No description available.


त्यस अवसरमा कार्यक्रमको जानकारी संस्थापक सदस्य रोहित चौधरीले गरेका थिए , भने रोगको विषयमा डा. सुरेन्द्र चौधरीले गरेका थिए । उक्त भवनको थारु परम्परा अनुसार सिलन्यास गरिएको हो ।

त्यस अवसरमा अबिधक्ता रामशरण चौधरी, काठमाडौंका इन्द्र बहादुर श्रेष्ठ, जीवराज चौधरी र स्याम कुमारी चौधरीसहित उनको परिवारले जनही २ लाख ५ सय ५ रुपैँया प्रदान गरेका थिए । श्रीधर महरा र होमप्रकाश गौतमले जग्गा उपलब्ध गराउन पहल गरेका थिए ।