आपतकालिन स्वास्थ्य प्रतिकार्य कार्यक्रम समापन

प्रमोद आचार्य
दाङ, २२ भदौ ।
संयु्क्त राज्य सहयोग नियोग युएसएआइडिको आर्थिक तथा प्राविधिक सहयोगमा सन्चालित स्वास्थ्यकालागी सक्षम प्रणालि अन्तर्गतको आपतकालिन स्वास्थ्य प्रतिकार्य कार्यक्रर्म एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागिहरुले कोभिड—१९ को महामारीकाबीच युएसएआइडिको सहयोगले दाङ जिल्लालाइ कोरोना भाइरसको संक्रमणलाइ परास्त गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन् । नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारसंग सहकार्य गरेर सो संस्थाले कोरोना अस्पताललाइ व्यवस्थीत रुपमा सन्चालन गर्ने देखि महामारीका वेला सुरक्षित रहेर काम गर्न एम्वुलेन्स चालकलाइ समेत तालिम दिएको कार्यक्रमका अवसरमा बताइएको छ ।

विश्वनै कोभिड—१९ को महामारीले अक्रान्त भएको वेला नेपालमा पनि यसको रोकथाम तथा यसले पारेका असरहरुलाइ कम गर्न चौतर्फि प्रयासहरु जारी थिए । यसै क्रममा नेपाल सरकारसंग कोभिड—१९ को नियनत्रणमा हातेमालो गर्ने धेरै संस्थाहरु मध्ये अमेरीकि सहयोग नियोग९युएसएआइडि०को स्वास्थ्यकालागी सक्षम प्रणालि अन्तर्गत स्वास्थ्य संकट प्रतिकार्य कार्यक्रमले सहयोग गर्दै आइरहेको थियो । स्वास्थ्य सामाग्रि वितरण लगायतका क्षेत्रमा यस संस्थाले गरेको सहयोगको सो अवसरमा सम्मान पनि गरिएको छ ।


त्यसो त नेपालसंग अमेरीकाको सहयोग र सहकार्य धेरै पुरानो छ । कोभिड—१९ नियन्त्रण तथा रोकथामका सन्दर्भमा स्वास्थ्यकालागी सक्षम प्रणालि अन्तर्गत स्वास्थ्य संकट प्रतिकार्यले यस दाङ जिल्लामा गरेको आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । सो संस्थाले महामारी सचेतना सम्वन्धी रेडियो कार्यक्रम, नियमित रिपोर्टिङ तथ्यांक विश्लेषण तथा स्वास्थ्यकर्मिहरुलाइ क्षमता विकाशकालागी पनि सहयोग गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत मेघराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा परीयोजनाको विषयमा हरीजंघ रायमाझिले जानकारी गराएका थिए । कार्यक्रम दाङ लगायत १६जिल्लामा सुरु भएको थियो । विसं २०७४ पुुसमा सुरु भएको सो कार्यक्रम विसं २०७९ शाल पुसमा सकिने छ । सो अवसरमा लमही नगरपालिकाका जनश्वास्थ्य महाशाखा प्रमुख नारायण पौडेल, दंगिशरण गाउपालिकाका प्रमुख सम्भु गिरी, वगलाचुलि गाउपालिकाका प्रमु्ख सुवास पुन, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्वर कुवर लगायतले परीयोजनालाइ धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका जनश्वास्थ्य अधिकृत किशोर आचार्यले गरेका थिए ।