अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं, ३० असार ।

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान अपर सोलु हाइड्रोको आईपीओ बाटफाँड गरेको हो।


गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा १ लाख ८२ हजार ०४७ जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने यि मध्ये ५ जना भाग्यमानी लगानीकर्ताले ११ कित्ता शेयर पाएका छन्।

यसमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए भने एक हजार ७ सय ९१ जनाको आवेदन रद्द गरिएको थियो।