डायोलाईसिसमा खेलवाड नगरौं

दाङमा तीन वटा डायोलाईसिस सेन्टर छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५ वटा, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पाँच वटा मेसिन छन् । ति दुबै अस्पतालमा गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ थप मेसिन पठाएको छ । प्रतिष्ठानमा १० र प्रादेशिकमा ८ वटा मेसिन आएका छन् । आएका मेसिनहरु जडानको प्रक्रियामै छन् । ति मेसिन जडान भएमा थप सहज हुनेछ । लमहीमा पनि डायोलाईसिस सेन्टर सञ्चालनमा छन् । घोराहीबाट अहिले ३० जनाको हाराहारीमा सेवा लिइरहेका छन्, भने तुलसीपुरमा २३ जना जतिले उपचार लिइरहेको छन् । त्यस्तै लमहीमा ७० जना जतिले डायोलाईसिस सेवा लिइरहेका छन् ।

मृर्गौला आफैले गम्भीर प्रकृतिको रोग हो । यसलाई जति सक्यो सहज बनाउनु पर्छ । तर, अझै पनि सहज हुन सकेको अबस्था छैन ।तीन बर्ष देखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायोलाईसिसकालागि पालो कुरिरहेकाहरु अहिले पनि पालो कुरिहरेका छन्, केहीको त मृत्यु भइसकेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अबस्था पनि त्यस्तै छ । त्यहाँ पनि ७० भन्दा बढि मिर्गौला पीडितले पालो कुरिरहेका छन् । लमही स्थित डायोलाइसिस सेन्टरको अबस्था पनि त्यस्तै छ । जिल्लाकै धेरै मिर्गौला पीडितहरु काठमाडौं गएर डायोलाईसिस गर्नुपर्ने अबस्था रहेको छ । त्यसले उनीहरुलाई धेरै खर्चिलो बनाएको छ । आफैमा मिर्गौला पीडितहरुको उपचारकै क्रममा थुप्रै रकम सकिएको हुन्छ, त्यसमा पनि पायक पर्ने ठाउँमा डायोलाईसिस गराउन नपाउँदा उनीहरु निकै पिडामा हुन्छन् ।


अहिले दाङमा एक जना प्रदेशका स्वास्थ्य मन्त्री र एक जना संघका स्वास्थ्य राज्यमन्त्री छन् । यो दाङकालागि ठूलो अबसर हो । यस्तो बेला जिल्लामा अझै पनि डायोलाईसिस मेसिन भित्र्याउन सकियो भने, जिल्लाबाटै सहजै मिर्गौला पीडितले सेवा पाउने थिए । जिल्लाका मन्त्री भएपछिको अनुभूति उनीहरुले गर्न पाउने थिए । अहिले सबै भन्दा ठूलो समस्या डायोलाईसिसकै छ । उपचारकै अभाबमा पनि मृत्यु हुने अबस्था छ । जिल्ला भन्दा बाहिर पनि सहज सेवा नपाउँदा उनीहरु मृत्यु पर्खिनुपर्ने अबस्थामा हुन् । अबस्था कम गर्नकालागि जिल्लाका दुई मन्त्रीले बिशेष पहल थाल्न आबश्यक छ । साभार : अग्रिम साप्ताहिक