जसपुरमा सवारी दुर्घटना, मोटरसाइकल चालक घाईते

तुलसीपुर १९ भदाै ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ जसपुरमा सवारी दुर्घटना भएको छ । कार र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक घाईते भएको जसपुर प्रहरी चौकिका प्रमुख सई विर बहादुर भण्डारीले जानकारी दिएका छन । उनलाई उपचारको लागी प्रादेशिक अस्पताल तुलसीपुर पठाईएको भण्डारीले जनाएका छन ।


उनको परीचय खुलेको छैन । नेपालगञ्जबाट तुलसीपुर तर्फ आउदै गरेको बागमती प्रदेश ०२६ च ९२६० नम्बरको कार र विपरीत दिशाबाट गईरहेको रा ६ प ८०२६ नम्बरको मोटरसाइकल ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटना प्रहरी चौकी भन्दा १ सय मिटर तल घुम्तीमा भएको हो ।