सुशील बस्नेत,
दाङ, २० बैशाख ।
३१ औ प्रेस स्वतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ । समाजले आयोजना गरेको उक्त कार्यक्रममा सहभागिहरुले पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्ने सुझाब दिएका छन् ।
दुरदराजमा मानव अधिकारका सवालहरुलाई उजागर गरि अधिकारको सुनिश्तता गराउनुपर्नेमा समेत जोड दिए । लोकतन्त्र प्राप्त पछि बनेको संबिधान र संबिधानको मर्म र भावना अनुसार बनेका ३ तहको सरकारको अनुभूति नागरिकले अझै कहि कतै हुन पाईरहेका छ्रैनन ।
पिउनेपानी, सडक ,स्वास्थ्य, शिक्षा लगायतबाट नागरिकहरु बञ्चितमा पर्दै आएको बताएका छन । यस्ता सवाललाई प्राथमिकरण गरि समाचार संप्रेसन गर्नुपर्ने उनीहरुको जोड छ ।
अर्को तर्फ पत्रकारहरुले आचार संहितालाई ब्यबहारमा लागु गर्न नसक्दा बिकृति बढर्दै गएको उनीहरुको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीले पत्रकारिता क्षेत्र र सामाजिक सञ्जालको बिकृत्तिलाई नियमन गर्न पत्रकार महासंघले बिभिन्न कार्यक्रम गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,राजनीतिक मोह भएका पत्रकारहरुले सामाजिक उत्तरदायीत्व निर्बाह गर्न सक्दैनन ।
नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले पत्रकारहरुले आफ्नो मर्यादामा बस्न सके समाज रुपान्तरणमा ठुलो मद्धत पुग्ने बताउनुभयो । पत्रकार एवम मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले पत्रकारिता पेशालाई मर्यादित,बिश्वसनिय बनाउन महासंघलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, पेशाप्रतिको आर्कषण,पेशालाई दक्ष र सीपयुक्त बनाई जिबिकोपार्जन गर्न सहज बनाउन महासंघले तालिम र अन्य अवसर प्रदान गर्नुपर्छ ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,केन्द्रिय सदस्य तुलसीराम सुनार,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अन्जना चौधरी,युनियनका उपाध्यक्ष नारायण खड्का,महासंघका कोषाध्यक्ष शरद रेग्मी, पत्रकार दिपक बोहोरा,राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा,पत्रकार निरला गैरे अर्याल लगायतले पत्रकारिता पेशाका अवसर र चुनौतिका बारेमा भनाई राख्नुभएको थियो ।
कार्यक्रम शाखा सभापति नविन पोख्रेलको सभापतित्वमा भएको थियो भने स्वागत मन्तब्य पत्रकार एव शान्ति समाजका सदस्य उमा भण्डारीले र सहजिकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो । शान्ति समाजले मे ३ तारिकमा बिश्व प्रेस स्वतन्त्रा दिवस मनाउदै आएको छ ।
लाइभदाङ । २० बैशाख २०८०, बुधबार १६:१२ बजे