डिभाईन एजुकेसनद्वारा ट्रेनिङ तथा अन्तरक्रिया सम्पन्न

टेकराज भण्डारी
दाङ ३१ जेठ
डिभाईन एजुकेसन फाउन्डेसनको समन्वय तथा काठमाडौ बिश्वबिद्धालय स्कुल अफ एजुकेसनको सहयोगमा “Reflective pedagogy in Classroom” बिषयमा शिक्षकहरुलाई ट्रेनिङ तथा अन्तरक्रिया कार्यक्रम तुलसीरामा सम्पन्न भएको छ।
कार्यक्रम डिभाईन एजुकेसन फाउन्डेसनका सस्थापक निर्देशक भोजराज न्यौपानेको अध्यक्षतामा भएको हो।

ट्रेनिङ तथा अन्तरक्रियामा काठमाडौ बिश्वबिद्धालयबाट आउनुभएका प्रशिक्षकहरु प्रो. डा. लक्ष्मण ज्ञवाली, एसोसियट प्रो. डा. हेम राज काफ्ले र डा. शिद्धार्थ ढुंगानाको टिमले प्रदान गरेको हो।
कार्यक्रममा डिभाईन टेम्पल एकेडमी, लक्ष्य एकेडमी, पारिजात स्कुल, साधना पाठशाला, शारदा विद्या मन्दिर, सगरमाथा स्कुल, दिब्यकुन्ज एकेडमी, लिटिल हेभन स्कुल, लोकप्रीय विद्या मन्दिर एवम् डिभाईन मन्टेस्वरी लगायत स्कुलका प्रीन्सिपल एवम् शिक्षकहरुको सहभागिता भएको थियो।


कार्यक्रमकाे सहजिकरण डिभाईन टेम्पल एकेडमीका प्रीन्सिपल कुलानन्द अधिकारीले गरेका थिए ।