दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा २ जना घाइते

तुलसीपुर, १९ भदौ ।
दाङको घोराही उपमहानगरपालिका ३ मसोट नजिक यात्रुवहाक बस दुर्घटना हुदा २ जना घाइते भएका छन् । आइतबार दिउँसो साढे दुई बजेतिर तुलसीपुरदेखि बुटवलका लागि छुटेको राप्ती त्रिसिद्धेश्वरी यातायात प्रालिको ना ५ ख ८९२० नम्बरको यात्रुवहाक बस अनियन्त्रति भई पल्टिदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बसमा अन्दाजी ३०/३५ जना सवार मध्य एक जना सहचालक (साहु) राप्ती गाउँपालिका–४ निवासी ४२ वर्षिय किशोर चौधरी घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले बताएको छ । त्यस्तै अर्का घाइते राप्ती गाउँपालिका–६ निवासी ३५ वर्षिय श्याम कुमार चौधरीको बिपी मेडिकल लमहीमा सामान्य उपचार पश्चात डिस्र्चाज भएको प्रहरीले बताएको छ ।


बस चालक फरार रहेकोमा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । साथै अन्य यात्रुहरु सकुशल रहेका छन् ।