गाैरिशंकर माविकाे नयाँ कार्यसमिति चयन

देउखुरी, १८ माघ ।
राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित भैसाही नाकामा रहेको गाैरिशंकर माध्यमिक विद्यालयकाे नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा जगेन्द्र रानाकाे प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनमा विद्यालयको व्यवस्थापन समितिमा अध्यक्ष जगेन्द्र राना, सदस्यहरु गाैसरी खड्का, प्रदिप विक, सुनमाली कँवर, मिना विक, बालाराम गिरी, पदेन सदस्यमा वडा अध्यक्ष पुष्कर वली रहनु भएको छ ।

निर्वाचनमा कुल ९३ मतदाता मध्य ८१ मत खसेको थियो । जगेन्द्र रानाकाे प्यानलकाे पक्षमा ४० मत र विपक्षमा ३८ मत खसेको थियोे । भने ३ मत बदर भएको हाे । लामो समय देखी गाैरिशंकर माध्यमिक विद्यालयकाे नेतृत्व विहिन भएको थियोे । विद्यालयले बुधबार नयाँ नेतृत्व मा निर्वाचनबाट नयाँ नेतृत्व अध्यक्ष र सदस्यहरु पाएकाे छ । यस विद्यालयमा पटक-पटक अभिभावक भेलाबाट समेत सर्बसम्मत हुन सकेको थिएन । नयाँ विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीको टुङ्गो लगाउन प्रयास गरेता पनि निर्वाचन नै हुन सकेको थिएन।

अविभावक भेला नहुदा तथा विद्यालय व्यबस्थापन समितिले पूर्णता नपाउदा विद्यालयको सामाजिक परीक्षण हालसम्म हुन सकेको छैन । अब नयाँ समितिको अध्यक्ष पदमा निर्वाचित भए लगत्तै अध्यक्ष जगेन्द्र रानाले विगतमा विद्यालयमा भएका गलत गतिबिधीको अन्त्य गर्दै आफ्नो कार्यकालमा शैक्षिक गुणस्तरलाई सुधार गर्ने प्रतिबद्धता उहाले जनाउनु भएको छ् ।


अध्यक्षको कार्यभार सम्हाल्दै अध्यक्ष रानाले आफ्नो कार्यकालमा विद्यालयमा शिक्षक तथा विद्यार्थीको अनियमिततालाई नियमित गराउने, शैक्षिक गुणस्तरता बृद्धि गर्न पहल गर्ने, चाडै नै विद्यालयको सार्वजनिक परीक्षण सम्पन्न गराउने, अविभावक जम्मा गराई शिक्षक अविभावक संघको गठन गर्ने प्रतिबिद्धता जनाउनुभएको छ ।  शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै गाउँको विद्यालयबाट अध्ययनका लागि बाहिर गएका विद्यार्थीलाई आफ्नै गाउँमा रहेको विद्यालयमा पुर्ण रुपमा फर्काउन पनि आफुले पहल गर्ने समेत अध्यक्ष रानाले प्रतिवद्धता गर्ने उहाको भनाइ रहेको छ ।

त्यसैगरी गत माघ १२ गते शुक्रवार राजपुर गाउँपालिका वडा नम्बर ६ बालकल्याण मावि खांग्रानाकाको अभिभावक भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर रोकाको अध्यक्षतामा सम्पन भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा बरमान रोका र शिक्षक अभिभावक संघको अध्यक्ष पदमा गोबर्धन बस्नेतलाई चयन गरिएको छ ।