टिकटक बनाउने क्रममा भीरबाट लडेर मृत्यु

दाङ, १९ भदौ ।
टिकटक बनाउने क्रममा साततलेको भिरबाट लडेर एक ब्यक्तीको मृत्यु भएको छ । शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का ३४ वर्षीय नबीन केसी टिकटक बनाउने क्रममा खोल्सामा खसे ।

तुलसीपुर–३ साततलेमा टिकटक बनाउने क्रममा खोल्सामा खसेर गम्भीर घाईते भएका केसीको राति नै उपचारकालागि प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको थियो ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।