शरद रेग्मी
तुलसीपुर, १८ भदौ ।
अन्धोपन न्युनीकरण कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ, राप्ती आखा अस्पताल र शान्तिनगर गाउँपालिका विच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रवार निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रमको गाउँपालिका र अस्पताल बिच सम्झौता भएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० मा एक सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने योजना अगाडि बढाएको छ । गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत , प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का र राप्ती आखा अस्पतालका प्रशासन प्रमुख किरण पौडेल विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सो अबसरमा अस्पतालका बाह्रय कार्यक्रम संयोजक शालिकराम गौतम लगायतको सहभागिता रहेको थियो ।
सो अबसरमा अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगर गाउँपालिका भित्र कुनैपनि जेष्ठ नागरिकहरु बिरामि भएर घरमा बस्ने अबस्था आउन नददिने बताउनु भयो ।”म र मेरो टिमले जानकारी मात्रै पाउनु पर्यो हामि तुरुन्त अस्पताल सम्म पुर्याउने प्रयास गर्ने छौ उहाले भन्नुभयो ।’ जेष्ठ नागरिकहरुलाई नि:शुल्करुपमा उपचार गर्ने उदेश्यले नै राप्ति आखा अस्पताल सङ्ग सम्झौता भएको भन्दै अध्यक्ष बस्नेतले भन्नु भयो । अब शान्तिनगर गाउँपालिकामा उज्यालो अभियान सुरु भैसक्यो ।
लाइभदाङ । १८ भाद्र २०७९, शनिबार १७:१३ बजे