ईलाका प्रहरी कार्यालय गढवाद्वारा भरुवा बन्दुक सहित एक जना पक्राउ

दाङ १२ भदाै।

ईलाका प्रहरी कार्यालय गढवाले भरुवा बन्दुक सहित एकजना पक्राउ गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ७ स्थित ज्योती सामुदायिक वनबाट १ थान एकनाले भरुवा बन्दुक, करिब १ सय ग्राम बारुद,४ थान केप,१९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा सहित राजपुर गाउँपालिका-१ बस्ने ४२ वर्षीय राम बहादुर चौधरीलाई शनिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।


ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रन्जु केसी सहितको खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । चौधरी माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।