विश्व हिन्दु परिषद नेपालको शान्तिनगर गाउँपालिका स्तरिय समिती गठन

शान्तिनगर, २२ पुष ।
दाङको शान्तिनगर गाउँपालिकामा विश्व हिन्दु परिषद नेपालको पालिका स्तरिय समिती गठन भएको छ । शनिबार शान्तिनगर गाउँपालिका वडा नम्वर २ को बिष्णपुरमा सम्पन्न भेलाले गोविन्दराज शर्माको अध्यतामा ११ सदस्यीय समिति गठन गरेको हो ।

बढ्दो धर्म परिवर्तनलाई रोकी नयाँ पुस्तामा सनातन हिन्दु धर्मबारे सकारात्मक शन्देश प्रवाह गर्ने उदेश्यले गठित समितिको उपाध्यक्षमा खिमा पाण्डे, सचिवमा डम्बर बहादुर वली,सहसचिवमा कैलाश गौतम तथा कोषाध्यक्षमा गोपाल जैसीं चयन हुनुभएको छ ।


समितिको सदस्यहरुमा धनबहादुर वली,राधा अधिकारी,लोकप्रसाद देवकोटा,गणेश सुनार,मनोहर लामिछाने र मिना गिरी चयन हुनुभएको छ । स्थानिय गोबिन्द गौतमको अध्यक्षता, विश्व हिन्दु परिषद नेपाल दाङ जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीको प्रमुख आतिथ्यता तथा शान्तिनगर गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष सुनिल वलीको बिशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

टोप बहादुर वलीको स्वागत मन्तब्यबाट सुरु भएको भेलामा विश्व हिन्दु परिषद नेपाल दाङ जिल्ला  पुर्व अध्यक्ष डम्बर डाँगी, नेकपा एमालेका दाङ जिल्ला सदस्य पुर्णबहादुर वली,सामुदायिक रेडियो हापुरे एफ।एमका सञ्चालक समिति महासचिव प्रेम बहादुर राम्जा लगायतकाले बोल्नुभएको थियो ।