तुलसीपुरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

तुलसीपुर, १५ माघ । तुलसीपुरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु  भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यल खेल पूर्वाधार मात्रै नभई खेलाडीको क्षमता विकासमा पनि ध्यान दिएको बताउनुभएको छ ।

तुलसीपुर नगरस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले खेल क्षेत्रको आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरासंगै खेलाडीहरुको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकता भित्र पर्ने उल्लेख गर्नुभयो । उहाँले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । खेलकुदले युवाहरूलाई अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको समेत उहाँको भनाई छ ।

तुलसीपुर ११ स्थित अमर मावि उरहरीमा सुरु भएको प्रतियोगितामा ४३ वटा विद्यालय सहभागि रहेका छन् । प्रतियोगिता १८ गते सम्म चल्नेछ ।