ड्याममा डुबेर एक जना बेपत्ता

तुलसीपुर, ६ भदौ ।
दाङमा एक जना डुबेर बेपत्ता भएका छन् । सोमबार बिहान ११ बजेतिर कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।


डुबेर बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १७ कर्जाही निवासी ४० वर्षीय अम्मर चौधरी रहेका छन् । स्थानियले डुबेको भन्ने थाहा पाएपछि दिउँसो १२ बजे प्रहरीलाई खबर गरेको डिएसपी गौतमले जानकारी दिए । वेपत्ता भएका चौधरीको खोजीकार्य भैरहेको बताएको छ ।