दाङको एकली खोलाले बगाउँदा विक वेपत्ता

फाईल फोटो

निराश पान्डे
दाङ, ३ भदौ । दाङमा खोलाले बगाउँदा एक व्यक्ती वेपत्ता भएका छन् ।

शान्तिनगर गाउँपालिका वडा नं. ४ निवासी ५३ वार्षिय बम बहादुर बिकले एकली खोला तर्ने क्रममा बगाएको स्थानीय तेज बहादुर बिस्वकर्माले जानकारी दिए ।


उनका अनुसार आज अपरान्ह ५ बजेतिर उनलाई बगाएको हो । आफ्नो खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाउँदा उनी वेपत्ता भएका हुन् ।

अहिले प्रहरी चौकी चिराघाट, ईलाका प्रहरी कार्यालय खिलतपुर र स्थानीयहरुको सक्रियतामा खोजीकार्य भइरहेको प्रहरी चौकी चिराघाटका हवल्दार श्रबण मिश्रले जानकारी दिए ।