दाङ क्षेत्र नं. ३ मा मेरो दावी रहन्छ : हिराचन्द्र केसी

दाङ,६ भदौ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दाङ क्षेत्र नं. ३ मा उम्मेदवारकालागि आफ्नो दावी रहने बताएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका केसीले यस अघि पनि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविक रुपमा दावी रहने बताए ।

रिपोर्टस् क्लब दाङको आयोजनामा सोमबार तुलसीपुरमा भएको पत्रकार भेटघाट कार्यक्रमामा उनले गठबन्धनबाटै चुनाबमा जानु पर्ने अबस्था रहेपनि यो क्षेत्रमा आफ्नो शसक्त दावी रहेको बताए ।‘यो क्षेत्रमा मेरो शसक्त दावी रहन्छ’,उनले भने‘म सशक्त ब्यक्ती पनि हुँ, तर, पार्टीको हैसियत अनुसार पनि दिने कुरा होला, गठबन्धनको पनि कुरा छ, त्यसलाई स्वीकार गर्नैपर्छक ।’

राज्यमन्त्री केसीले टरिगाउँ एयरपोर्टको विकल्प खोज्ने विषय तत्काल आबश्क नभएको समेत बताए । पत्रकारको जिज्ञासामा जवाफ दिदै राज्यमन्त्री केसीले अहिले एयरपोर्टमा बजेट आएकाले त्यसलाई टेन्डर प्रक्रियामा अघि बढाउन भूमिका खेल्ने बताए ।‘अहिले विकल्प कहाँ खोज्ने’,उनले भने‘बरु भएकैलाई स्तरबृद्धि गरौं, यसमा म प्रतिबद्ध छु ।’ यो एयरपोर्टमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहात हुने समेत उनले बताए ।


साथै उनले दाङमा १८ वटा डाइलाईसिस मेसिन भित्र्याउन सफल भएको भन्दै ठूलो उपलब्धी भएको थियो । यी मेसिनलाई तत्काल जडानको प्रक्रिया अगाडी बढाउने उनले बताए । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चारसय बेड बनाउनकालागि बजेट पनि विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र समेत आईसकेको राज्यमन्त्री केसीले बताए ।

साथै उपत्यका भन्दा बाहिर ७ वटा बिशिष्टीकृत अस्पताल बनाउने योजना अनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए । निकट भबिष्यमा प्रतिष्ठानलाई ६ सय सैयाको बनाउने गरि योजना अघि बढेको समेत उनको भनाई छ ।