सामुदायिक बन अतिक्रमण गरेर घर बनाउने २२ जना विरुद्ध मुद्दा दर्ता

दाङ
२ भदौ / वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जना बिरुद्ध मद्दा चलाएको छ । लकडाउनको मौका छोपि बबइ गाउँपालिकाका वडा नं ५ बबरपुर स्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती र घर समेत बनाएको आरोपमा २२ जना बिरुद्ध मुद्धा चलाई कारवाही अघी बढाएको पुरन्धारा सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।

अनुसन्धान अधिकृत समेत रहेका सहायक वन अधिकृत बरालका अनुसार वन अतिक्रमण मुद्धा चलाइएका मध्ये २ जनालाई पक्राउ गरिएको छ । अन्य २० जना फरार रहेको र उनीहरको खाजी भइरहेको छ । उनीहरु बिरुद्ध दाङ—देउखुरी जिल्ला अदालतमा वन अतिक्रमण गरेको मुद्धा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमति अनुसार खोजी कार्य भइरहेको सहायक वन अधिकृत बरालले जानकारी दिए ।

बस्ति नजिकैको र अनेत्रबाट समेत गएर वन क्षेत्र कब्जा गर्ने, खेतीपाति गर्ने र घरटहरा समेत बनाई अरुलाई बेचबिखन गर्ने कार्य भइरहेको उनले बताए । त्यहि कार्य रोक्नका लागि आफूहरु अघी बढेको बरालले बताए । वन अतिक्रमण हटाउनका लागि आफूहरुले पटकपटक छलफल गर्ने, उनीहरुलाई हटाउन अनुरोध गर्ने लगायतका काम गरेपनि उनीहरुले अटेडी गरी अतिक्रमण बढाउदै लैजाने र अतिक्रमित क्षेत्रमा घर टहरा समेत बनाउन थालेपछि आफूहरुले मुद्धा नै चलाएर कारवाहीको प्रक्रियामा अघी बढेको बरालले बताए ।


वन अतिक्रमण मुद्धामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकार समेत संलग्न रहेका छन । सामुदायिक वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको बरालले बताए । त्यस क्षेत्रमा अतिक्रमण भएको मध्ये करिव ६ बिगाह क्षेत्र खाली गरिएको छ । पुनः अतिक्रमण हुन नदिनका लागि ११ सय मिटर तोस (वन क्षेत्र छुट्टाउने लामो खाडल) खनिएको छ । “

वन र आवाधी क्षेत्र छुटउनका लागि तोस खन्ने काम गरिरहेका छौ”—अनुसन्धान अधिकृत बरालले भने “जस मध्ये पाँच सय मिटर खनिसकेका छौ ।” वन ऐन— २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई ५ बर्ष कैद वा एक लाख रुपैया जरिवाना वा दुवै सहजाय हुने ब्यवस्था छ । वन क्षेत्रको अतिक्रमणमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता ब्यक्तिहरु सामुदायिक वन समितिमा बस्न नपाउने ब्यवस्था पनि वन ऐनमा छ ।