एमाले (समाजवादी)को केन्द्रीय समितिमा दाङका तीन जना (केन्द्रीय कमिटिको नामावलीसहित)

तुलसीपुर
१ भदौ / माधव नेपालले आज दर्ताकालागि निर्वाचन आयोगमा दिएको निवेदनमा दाङका तीन जनालाई केन्द्रीय कमिटिमा राखिएको छ । ९५ केन्द्रीय कमिटि मध्ये दाङका भागवत विस्वासी, मेटमणी चौधरी र अनारकली मिँयालाई केन्द्रीय सदस्यमा राखिएको हो । चौधरी र विस्वासी तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटि सदस्य हुन्, भने मिँया जिल्ला कमिटि सदस्य हुन् । चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्, भने विस्वासी र मियाँ पूर्व संविधानसभा सदस्य हुन् । उनीहरु समानुपातिक सांसद थिए ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।

जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् ।

यी हुन्, केन्द्रीय कमिटि सदस्यहरु