दाङका एक व्यक्तिको कतारमा मृत्यु

दाङ, २७ साउन ।
बैदेशिक रोजगारीको शिलशिलामा कतार गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका वडा नं. ७ मलई (स्यालीतरा) घर भएका ५२ बर्षीय मेघराज सिरिस मगरको कतारमा मृत्यु भएको हो ।

बैदेशिक रोजगारीको शिलशिलामा करिब ३ बर्ष अगाडि कतार गएका मगरको अचानक मृत्यु भएको हो । उनको मृत्यु भएको आज ८ दिन भयो । दिनको डिउटी सकेर खाना खाएर राति सुतेका मगर विहान मृत अवस्थामा भेटिएका थिए ।

उनको घरमा श्रीमती, ४ छोरी र १ छोरा रहेका छन् । मगरको आर्थिक स्थिति कमजोर रहेको छ । कतारबाट लास लिन आर्थिक समस्या परेको बताइएको छ ।