राजनीतिमा गाली संस्कृती

केही महिना पहिले टीभीमा कार्यक्रम चलाउने रबी लामिछानेमा राजनीति गर्ने हुटहुटी चल्यो र, राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरे । स्वतन्त्र नाममै विवादित बनेको उक्त पार्टीको अहिले देशब्यापी संगठन विस्तारमा हिडिरहेका छन् । लामछिाने नै संगठन विस्तार अभियानमा देश ब्यापी घुमिरहेका छन् । उनी अहिले हरेक दिन कार्यक्रममै ब्यस्त हुन्छन् । राष्ट्रिय टीभीमा लोकपृय कार्यक्रम चलाएको भएर पनि होला, उनी सहभागि हुने कार्यक्रममा सहभागीको संख्या पनि राम्रे हुन्छ, तर, उनी त्यो मासमा उर्जा दिने कुनै नयाँ कुरा गर्दैनन् । पुराना राजनीतिक दलले दिने भाषण र नयाँ पन दिने भनेर हिडेका लामिछाने पनि तिनै नेताहरुलाई गालीगलौजमै समय विताउछन् । उनी अहिलेका मुलधारका राजनीतिक दलका नेताहरुलाइ गाली गर्नमै ब्यस्त हुन्छन् । जनतालाई उर्जा दिने छुट्टै नयाँ कुनै योजना पस्किदैनन् । उनी हरेक कार्यक्रममा भन्ने एउटा कुरा हो‘अहिलेका नेता भ्रष्टाचारी भए, त्यसैले मुलुक विकास हुन सकेन् ।’ यस्तै यस्तै नेताहरुकै गालीले उनका भाषण सकिन्छन् । लामिछानेकै भाषण सुनेपछि एमाले अध्यक्ष केपी शर्मा वलीले राजनीतिक दललाई अराजक शैलीबाट भाषण गर्ने गरेको भन्दै यसले समाजलाई गलत मार्गमा लैजाने प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘यो शैलीबाट समाजलाई खलल् पुग्छ ।’

एमाले महासचिब शंकर पोखरेल दाङ आएर पनि बढि गालीगलौजमा उत्रिन्छन् । उनको तिर प्रायः सत्तापक्ष गठबन्धन तिरै हुन्छ । उनले अहिलेको सरकार भ्रष्टाचारी,कलोबजारीमा लिप्त भएको, विदेशीको परेड स्थल बनाउन खोजेको जस्ता कुराहरु राख्छन् । एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि दाङमा आएर गठबन्धनलाई नै गाली गरे । यी त प्रनिनिधिमुकल मात्रै हुन् । नेपालका हरेक राजनीतिक दलहरुको एकअर्काप्रति गालीगलौज नगरे भाषण गरेजस्तै मान्दैनन् । जब गाली आउछ, नेता,कार्यकर्ता तथा समर्थकहरुको पनि ताली आउछ, यसले पनि नेताहरुलाई गाली गलौज गर्न नै प्रोत्साहन गर्ने गरेको हुन्छ ।


जनताको माझमा पार्टीको नीति, विकास निर्माणका योजना लैजानु पर्नेमा गालीगलौज नै धेरै हुँदा राजनीतिक दलहरुप्रति वितृष्ण पैदा हुने गरेको छ । रबी लामछिानेको कार्यक्रममा देखिने भीड त्यसकै उपज हो । काममा माखो नमार्ने तर, भाषण ठूला–ठूला गर्दा पनि जनतामा वितृष्ण पैदा हुने गरेको छ । यदि मुलुकमा राजनीतिक दलहरु जनताबाट घृणित हुने अबस्था रहेमा त्यसले पार्ने प्रभाब सकारात्मक नहुँन सक्छ, त्यसैले राजनीतिक दलहरुले अब यसमा साझा धारणा बनाएर जान आबश्यक दखिन्छ । अन्यथा जनताको आक्रोषले बढावा पाउने र मुलुक अराजकताको दलदलमा फस्ने देखिन्छ । साभार : अग्रिम साप्ताहिक