आर्थिक विकासको मार्ग

देवराज कँडेल
अर्थतन्त्रका परिसूचकमा देखिएको उच्चतम वृद्धिलाई आर्थिक वृद्धि भनिन्छ । आर्थिक विकासमा टेवा पु¥याउन आर्थिक बजार पनि परिणाम मुखी एवं सकारात्मक देखिनु पर्छ । व्यावसायिक कारोबार प्रतिफल मुखी हुनु पनि आर्थिक विकासको आधार हो । त्यस्तै निर्यातमुखी व्यापार वृद्धि हुनु पनि देशको विकासको महत्वपूर्ण कडी हो । नेपालको चौतर्फी विकास हुन हरेक जिल्लाहरूको पनि विकास हुनु हो । त्यसैले सबै स्थानीय तहमा उद्योग वाणिज्य संग सम्बन्धित उत्पादन र सेवालाई प्रभावकारी, गुणस्तरीय, एवं निर्यातमुखी बनाउन सबै उद्योग व्यवसायदेखि स्थानिय सरकारको पनि महत्वपूर्ण हात रहन्छ  ।


तुलसीपुर क्षत्रको आर्थिक विकास गर्न सकिने केही दीर्घकालीन योजनाहरू यस प्रकार छन् ।
तुलसीपुरको समग्र आर्थिक विकास र भोलीको नतिजा ः
१.एक घर एक उद्यमको कार्यान्वयन योग्य योजना ,छलफल तथा अनुसन्धान।
२.आम्दानीलाई बचत गर्ने बानीको विकास गरि दीर्घकालीन प्रतिफल मुखी व्यवसायको अध्ययन ।
३.स्वस्थ तुलसीपुर समृद्धि तुलसीपुर बनाउन आवश्यक पहलकदमीदेखि साझा विकासलाई तिब्रता दिने ।
४.शान्ति सुरक्षालाई डिजिटल बनाउन जोड गर्ने ।
५.बैंक वित्तीय संस्थाले साथ नदिएको अवस्थामा आफ्नै सामुहिक कोष खडा गर्ने र उद्यमी बैंक स्थापना गरि सहुलियत ऋणको विकास गर्ने ।
६.साना मझौला र ठुला उद्योगको अध्ययन गरि सबै तह र सबै वर्ग संघर्षका मानिस बिच सहकार्य र मेलमिलापका साथ अगाडि बढ्ने ।
७.सबै तहको श्रमको सम्मान गर्ने बानिको विकास गर्ने ।
८.एकाधिकार बजारलाई खुला बजार, स्वस्थ बजार एवं गुणस्तरीय बजारको रूपमा विकास गर्ने ।
९.खाद्यान्नको गुणस्तरमा ध्यान दिने र खान मिल्ने/नमिल्ने तरकारी, फलफुल तथा अन्य खाद्यको परिक्षण गर्ने मेसिनको सुरूवात गर्ने ।
१०. सामुदायिक वन , खोला, नदि र कृषिलाई पर्यटन व्यवसायमा विकास गर्ने ।
११.आइटी, डिजिटल,वन विज्ञान, सीप विकासमा जोड दिई राप्ती प्रादेशिक अस्पताललाई रिफर केन्द्रको अन्त्य गरि गुणस्तरीय मेडिकल कलेज बनाउने ।
१२.नेपाली उत्पादनको प्रयोगमा वृद्धि गर्ने ।
१३.आयातलाई न्यूनीकरण गरि निर्यातमुखी उद्योग, व्यवसायलाई जोड दिने।
१४.विदेशमा रहेर विषय विज्ञ विद्यार्थीलाई स्वदेश फर्काउने र उनीहरूको ज्ञान, सीप, दक्षता, योजनालाई भरपुर उपयोग गर्ने । साभारः अग्रिम साप्ताहिक