मेट्रोका विद्यार्थी : कृषि पढ्छन्, ब्यबसाय गर्छन

दाङ, २३ साउन ।
एकातिर पढाई भइरहेको हुन्छ, अर्को तिर उम्रिदै गरेका सयपत्रीका बोटहरु । जसरी सयपत्रीका बोटहरु बृद्धि हुदै जान्छन्। विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकी किताबी ज्ञानले मात्रै पुग्दैन्। त्यो ज्ञान प्रयोगात्मक रुपमा पनि आउनु पर्छ, भन्ने मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थीहरु किताब मात्रै होईन, प्रयोगात्मक पनि गर्छन ।

त्यही प्रयोगात्मक अन्तर्गत तुलसीपुर १२ स्थित मेट्रो कलेजका विद्यार्थीहरु पढ्दै, सिक्दै ब्यबसाय गर्दै आएका छन् । कृषि र बन विज्ञानका विद्यार्थीहरु सिजन अनुसार ब्यबसायिक रुपमा सयपत्री फूल खेति सुरु गरेका छन् । “हामी किताबी ज्ञानमा मात्रै नभएर ब्यबहारिक शिक्षामा पनि जोड दिने गरेका छौं”, कृषि दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी सन्दीप मल्लले भने“ त्यसैले हामीले विगतदेखि नै पढाईसंग संगै ब्यसायिक रुपमा बिभिन्न खेतिमा पनि जोडिने गरेका छौं ।” कृषि विषय बढि प्रयोगात्मक जोडिने भन्दै यसलाई ध्यानमा राखेर अध्ययनलाई अघि बढाएको उहाँको भनाई छ ।

 

पढ्ने मात्रै नभएर पढ्ने–कमाउने गर्दा आफूहरुलाई झनै सहज हुन थालेको विद्यार्थी प्रतिक्षा डाँगीले बताउनुभयो ।“पढाई पनि हुने, ज्ञान पनि आर्जन हुने र कमाई पनि हुने भएपछि हामी खुसी छौं”, उहाँले भन्नुभयो ।

सैद्धान्तिक मात्रै नभएर ब्यबहारिक शिक्षा नै अहिलेको अपरिहार्यता भएको भन्दै त्यसै अनुरुप शिक्षण गराउने गरेको कृषि विषयका शिक्षक घनश्यम केसीले बताउनुभयो । उहाँका अनुसार आफूहरुले बाटो देखउने र विद्यार्थीहरुलाई त्यही आधारमा ब्यबसायिक खेति गर्ने गरेका छन् । यस अघि टमाटर खेति गरेको विद्यार्थीहरुले अहिले ब्यबसायिक रुपमा पुष्प खेति सुरु गरेका छन् ।


कलेजको करिब ३ कठ्ठा जग्गामा गौरब ५५५ जातको सयपत्री खेति गरिएको छ । समय सान्दर्भिक पनि भएको र ब्यबसायीक रुपमा पनि आम्दानी गर्न सकिने भएपछि अहिले सयपत्री खेति गरेको उहाँले बताउनुभयो ।“हामीले विद्यर्थाीहरुलाई शिक्षण गर्ने क्रममा सहज र आबश्यकता सयपत्री खेति देख्यौं”,उहाँले भन्नुभयो“त्यसैलाई आधार बनाएर हामीले अहिले सयपत्री खेति गरेका हौं ।”

सयपत्रीसंगै केही मखमली फुलहरु पनि रोपिएका छन् । सयपत्रीलाई बजारीकरण पनि विद्यार्थीहरुले नै गर्नेछन् । फूल मात्रै बेच्ने वा माला बनाएर बेच्ने भन्ने कुरा ग्रहाकको माग अनुसार हुने समेत उहाँले बताउनुभयो । अहिले दुई हजार विरुवा लगाईएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त कलेजमा अहिले बिभिन्न पाँच वटा कार्यक्रम सञ्चालित छन् । कलेज प्रमुख बसन्त आचार्यका अनुसार डिप्लोमा तहको मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी, फरेष्ट्री र प्लान्ट साईन्सको पढाइ भइरहेको छ । त्यस्तै फ्रि डिप्लोमा आईटी विषय पढाई रहेको आचार्यले बताउनुभयो । अहिले जिल्ला बाहिरबाट पनि विद्यार्थी आउने गरेका छन् ।

निम्न बर्गका लक्षित गरेर सञ्चालनमा आएको मेट्रो कलेजले प्राबिधिक शिक्षामा पहुँच स्थापित गर्नकालागि बिभिन्न छात्रबृति समेत प्रदान गर्दै आएको छ । हरेक ३ बर्षमा १ लाख ५० हजार शूल्क रहेपनि तुलसीपुर भन्दा बाहिरकालागि एक लाख २५ हजार लिने गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका भित्रकालागि एक लाख, उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट एसइइ गरेका छात्रालाई निःशुल्क समेत पढाउने ब्यबस्था रहेको छ । यस्ता करिब एक सय जना विद्यार्थीलाई छात्रबृति प्रदान गरिसकिएको छ । साभार : अग्रिम साप्ताहिक