निभ्न थाले दाङका इट्टा उद्योग

दाङ
२५ माघ / दाङ घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर स्थित गोल्ड ब्रेक इन्डस्ट्रिज ईट्टा उद्योग अहिले सुनसान छ । नियमितको बर्षाले उद्योग्को आगो निभिसकेको छ । यो बर्ष एक लट नहुँदै उक्त इट्टा उद्योग निभिसकेको सञ्चालक रोम वलीले बताए ।‘यो बर्ष पानी परेको चौथो पटक हो, यसले निकै क्षति प¥यो’,उनले भने‘ ईट्टा उद्योग सञ्चालन भएको १८ बर्षमा पहिले पटक चक्कर नहुँदै ईट्टा उद्योग निभाउनु पर्ने बाध्यता आयो ।’ तुलसीपुरको सम्राट इट्टा उद्योगलाई पनि नियमितको बर्षादले गर्दा आगो बल्न सकेको छैन ।

अहिले बलिरहेका इट्टा उद्योग पनि निभाउने तयारी छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको शिबशक्ति इट्टा उद्योग पनि केही समयमा आगो निभ्ने अबस्थामा पुगेका उद्योगका प्रेम बस्नेतले बताए । अहिले आगो बलिरहेपनि काचो इट्टा नभएकाले उद्योग निभ्ने तयारीमा रहेको बस्नेतले बताए । अहिले नियमितको बर्षादले गर्दा धेरै इट्टा उद्योगहरु केही समय बन्द हुने अबस्थामा रहेको दाङ देउखुरी इट्टा व्यबसायी समितिका अध्यक्ष प्रेमनाथ योगीले बताए ।‘पछिल्लो पटक परेको नियमितको बर्षाले पकाउन तयार पारेका इट्टाहरु काम नलाग्ने बनाएको छ, भिजेका इट्टाहरु अब अरु कामकालागि पनि प्रयोग हुँदैनन्’, अध्यक्ष योगीले भने‘अब काचो इट्टा नै नभएपछि केही ईट्टा उद्योगमा आगो निभिसकेको छ, भने केही इट्टा उद्योगहरुमा आगो निभ्ने तयारी छ ।’

कोचो इट्टा नभएपछि उद्योग सञ्चालन गरिरहनुले आफूहरुलाई निकै घाटा हुने भन्दै ईट्टा पकाउनकालागि प्रयोग गरेको आगो निभएको बताए । कम्तीमा पनि ६ देखि ८ लटसम्म एक सिजनमा इट्टा उत्पादन गर्ने गरिन्छ । एक पटक आगो निभेमा पुनः इट्टा उद्योगमा आगो बाल्नकालागि ४/५ लाख खर्च हुने अध्यक्ष योगीले बताए । काचो इट्टा बन्नकालागि पनि अझै १२÷१५ दिन समय लाग्ने र त्यतिबेला सम्म नियमित उद्योगहरु बालिरहदा निकै खर्च आउने भन्दै बन्द गर्नुपर्ने अबस्था आएको उनको भनाई छ ।

आगो निभेपछि जिल्लामा इट्टा उत्पादन विरलै हुन्छ । उनका अनुसार दाङमा सञ्चालित ३५ वटा इट्टा उद्योग मध्ये २÷३ वटा मात्रै उद्योगहरु सञ्चालनमा आउने अन्य केही समयकालागि बन्द हुने अबस्था आएको उनको भनाई थियो । जिल्लामा नियमित ७० हजार इट्टा उत्पादन हुने गरेको भएपनि विरलै मात्रै इट्टा उद्योग सञ्चालनमा आउँदा यसले जिल्ला इट्टाको अभाब हुने सक्ने उनले बताए । इट्टाको अभाब हुँदा जिल्लामा इट्टाको मूल्य समेत बृद्धि हुने अबस्था रहने उनको भनाई थियो ।

अहिले प्रत्येक इट्टा उद्योगमा सरदर ९÷१० लाख ईट्टामा क्षति भएको उनको भनाई छ । यसले अहिलेसम्म जिल्लाका इट्टामा ३० करोड भन्दा बढि क्षति भएको भन्दै यसमा राज्यले पनि ध्यान दिनुपर्ने बताए ।‘राज्यले पनि हामीलाई न्याय दिन सकेको छैन, मारमा परेको अबस्थामा राज्यले उद्योगमा भ्याट मात्रै छुट दिएपनि धेरै राहात हुन्थ्यो’,उनले भने‘ काचो इट्टाको बीमा गर्ने व्यबस्था गरेमात्रै पनि धेरै सहज हुने उनले बताए ।

मजदुरहरुले साँचोबाट निकालेर तयार पारेपछि काचो इट्टाको आफूहरुले पारिश्रमित दिनै पर्ने अबस्था हुने तुलसीपुर १८ स्थित महालक्ष्मी इट्टा उद्योगका सञ्चालक भिमसिंह रावलले बताए । अहिले प्रत्येक इट्टा उद्योगमा करिब ३ सयको हाराहारीमा मजदुर छन् । यदि पारिश्रमिक नपाएमा उनीहरुले पनि काम छोड्ने अबस्था रहने भन्दै उनीहरुलाइ तत्काल पारिश्रमिक उपलब्ध गराउनु पर्छ ।


निराश इट्टा उद्योग व्यबसायी

अहिले इट्टा उद्योगहरु सुनसान छन् । उद्योगका आँगणमा पकाउन तयारी अबस्थामा राखेका इट्टा हेर्दै पछुताउनु पर्ने अबस्था छ। प्काउन तयारी अबस्थामै राखेका इट्टामा क्षति भएपछि इट्टा उद्योगका मालिकमा निराशा छाएको छाएको छ । कसैको ९ लाख इट्टा, कसैका १५ लाख इट्टामा क्षति भएको छ । पोल्न तयार पारिएको ईट्टामा प्रति इट्टा करिब १० रुपैँया लगानी भएको हुन्छ । त्यो सबै इट्टाको नोक्सान सम्बन्धित इट्टा उद्योग मालिकलाई नै हुने तुलसीपुर १८ स्थित जय श्री हनुमान इट्टा उद्योगका सञ्चालक लालविक्रम बुढाले बताए ।

उनको मात्रै करिब १० लाख इट्टामा क्षति पुगेको छ । उनका अनुसार एकपटक बिग्रिएको काचो इट्टाको माटो पुनः प्रयोगमा पनि ल्याउन मिल्दैन । त्यो माटो व्यबस्थापनमा नै उल्टै पैसा खर्च हुन्छ । पानीले जति समस्या पारेको छ, कोरोना महामारीले पनि इट्टा उद्योगलाई उत्तिकै समस्या परेको छ । पछिल्लो पटकको कोरोनाले आफुहरुलाई निकै समस्या बनाएको उनको भनाई छ ।

केही दिन अघि मात्रै बढेको थियो मूल्य

केही दिन अघि मात्रै दाङमा इट्टाको मूल्य बढेको थियो । असोज तथा एक हप्ता अघि मात्रै परेको बर्षादले पनि दाङमा इट्टामा क्षति पु¥याएको थियो । त्यतिबेला इट्टामा क्षति पु¥याएको भन्दै प्रत्येक इट्टामा रु.१ का दरले मूल्य बृद्धि भएको थियो । दाङ देउखुरी इट्टा ब्सबसायी संघले १ नम्बर इट्टाको मूल्य रु १६, २ नम्बर इट्टाका मूल्य रु १२ र ३ नम्बर इट्टाको मूल्य रु १० कायम गरको थियो । साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person, standing and text