टरिगाउँ एयरपोर्टकालागि एक करोड ९४ लाख बजेट

तुलसीपुर
२३ साउन / दाङको टरिगाउँ एयरपोर्टकालागि एक करोड ९४ लाख बजेट आएको छ ।

नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षकालागि उक्त बजेट बिनियोजन गरेको हो । विमानस्थल सुदृढीकरण तथा विस्तारका लागि भनेर उक्त बजेट बिनियोजन गरिएको हो । टरिगाउँ एयरपोर्ट धावन मार्ग विस्तार अहिलेको आबश्यकता बनेको छ । तर, त्यसकालागि यो बजेट अप्रयाप्त भएको भन्दै आलोचना गरिएको छ ।

टरिगाउँ एयरपोर्टकालागि २० करोड भन्दा बढि बजेट चाहिने भन्दै त्यस तर्फ ध्यान दिनुपर्ने यस क्षेत्रका सरोकारवालाले बताउने गरेका छन् । एयरपोर्टमा अहिले १९ सिटे टुइनेटर मात्रै अवतरण गर्न सक्छ ।


७५० मिटर लम्बाइ र ३० मिटर चौडाई रहेको धावन मार्ग रहेको भन्दै त्यसलाई बढाएर ठूला जहाज बसाउन आबश्यक रहेको छ । २०११ सालमा सञ्चालनमा आएको उक्त एयरपोर्टमा अहिले इन्धन डिपो सञ्चालनकालागि तयारी अन्तिम चरणमा पुगेको छ ।