पार्टी जनतासंग जोडिनै पर्छ : महरा

शिवु खनाल
देउखुरी, २० साउन ।
प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णवहादुर महराले राजनीतिक दल तल्लो तहका जनतासंग जोडिन आवश्यक रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटि सल्लाहकार द्रोपता पौडेलको श्रद्धाञ्जली कार्यक्रममा पूर्वसभामुख महराले दलहरु जनतासंग नजोडिदा जनगुनाशो बढी आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘जनतासंग नजोडिदा जनता र पार्टी विचको दुरी कम भएको भन्दै, अब जनभेटघाटको कार्यक्रमलाई निरन्तता दिदै जनमुखी काम गर्न आवश्यक छ ।’

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष महराले माओवादीको केन्द्रिय सम्मेलनले जनतासंग जोडिने गरी कार्यक्रम ल्याएको जानकारी दिनुभयो । माओवादी पार्टीमा पनि आधार छोडेको जस्तो देखिएको स्विकार्दै, जनजीवीकाका सवालमा केन्द्रित भएर महाधिबेसनमा समिक्षा गरिएको जानकारी दिनुभयो । महराले भन्नुभयो ‘अहिले पार्टीमा समस्या कम भएको र महाधिबेशन पछी प्रगती पनि देखिन थालेको छ ।’


कार्यक्रममा लुम्बिनी प्रदेशकी साँसद दामा शर्मा लगायतको सहभागिता रहेको थियो । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी स्वर्गिय द्रोपता पौडेल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट लमही नगरपालिकामा नगर प्रमुखमा उम्मेदवार बनी पराजीत हुनुभएको थियो ।