बबईका कर्मचारीद्वारा गाउँपालिकाको प्रशासनिक भवन परिसर सरसफाई

रामप्रसाद सुवेदी 
हापुरे, २० साउन ।
दाङको बबई गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकाको प्रशासनिक भवन परिसरमा सरसफाइ गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनन्द रावलको नेतृत्वमामा कर्मचारीको टोलीले गाउँपालिकाको प्रशासनिक भवन परिसरमा सरसफाइ गरेका हुन् ।

भर्खरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनुभएका रावलले सरसफाइ कार्यक्रममा सहभागी हुदैं कार्यालय परिसर पनि घरको आँगन जस्तै भएको हुदा घरको सरसफाइ गर्ने दायित्व परिवारको भए जस्तै कार्यालय पनि सफा र सुन्दर राख्ने दायित्व आम कर्मचारीको रहेको बताउनुभयो ।


गाउँपालिकाकाको सरसफाईमा आफू सहित कर्मचारीलाई समेत सहभागी गराई आम नागरिकलाई समेत सरसफाइ गर्न प्रेरित गर्न खोजिएको उहाँको भनाई थियो । सरसफाइ कार्यक्रमलाई निरन्तर अगाडि बढाउने बताउदै रावलले गाउँपालिका बासिको हितका निमित्त सबैसंग छलफल र सहकार्य गरेर अन्य काम कुरामा अगाडि बढ्ने समेत बताउनुभयो ।