सुपरद्वारा बार्षिक समीक्षा

तुलसीपुर,१८ साउन ।
दाङ स्थित सुपर लघुवित्त वित्तिय संस्थाले बार्षिक समीक्षा गररेको छ । बुधबार एक कार्यक्रम गरि गएको आर्थिक बर्ष २०७८/०७९ को समीक्षा गरेको हो ।

निमित्त सिइयो बुद्धिराम चौधरीको अध्यक्षता तथा संस्थापक ज्योति चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले राज्यले गर्न नसकेको काम लघुवित्तले गर्ने गरेको बताए । उनले लघुवित्तमा चौतर्फी रुपमा प्रहार हुने गरेको भन्दै यसमा सबै सचेत हुनुपर्ने बताए ।


त्यस अवसरमा एचआर प्रमुख जगत चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण कर्मचारी सुदिप चौधरीले बताए ।